काठमाडौँ । मौन अवधिमा चुनाव प्रसार गर्ने दुई जनालाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ ।
Advertisement
पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका ४ का ४५ वर्षीय सहवीर अहमद र सिन्धुलीको दूधौली ९ का २१ वर्षीय सुरज साहलाई पक्राउ गरेको हो । सुरज सवारी चालक हुन् ।
पर्सा ४ मा पर्ने कालिकामाई गाउँपालिका १ मुड्लीमा गस्ती गरिरहेको नेपाली सेनाको टोलीले शनिबार दिउँसो बा १४ च ४७ ४८ नम्बरको गाडी चेकजाँच गरेको थियो ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।