काठमाडौँ । २७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भक्तपुर चाँगुनारायण नगरपालिका २ दुवाकोटबाट एक जनालाई पक्राउ गरिएको छ ।
Advertisement
पक्राउ पर्नेमा ३६ वर्षीय सुरेन्द्र प्रधान रहेका छन् । उनलालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ
गरेको हो ।
प्रधानले २०७८ चैत ३० गतेदेखि विभिन्न स्थानमा र अन्तिम पटक गत कात्तिक १० गते मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघरस्थित पीडितकै कोठामा बलात्कार गरेर फरार भएको उजुरीका आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ डिल्लीबजारबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।