काठमाडौँ । सोमबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा सय रुपैयाँले घटेको हो ।
Advertisement
आज छापावाल सुन तोलामा एक सय रूपैयाँले घट्दै ९७ हजार २ सय रूपैयाँमा झरेको छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा एक सय रूपैयाँले नै घट्दै ९६ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदीको मूल्य ५ रूपैयाँले घट्दै एक हजार २९५ रूपैयाँमा झरेको छ ।