काठमाडौँ । आज अमेरिकी डलर भाउ घट्दै एकको खरिददर १२८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १२९ रुपैयाँ ५८ पैसा कायम गरिएको छ ।
शुक्रबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ६० पैसा र बिक्रीदर १३१ रुपैयाँ २० पैसा तोकिएको थियो ।
यस्तै, नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको विनिमय दरअनुसार आज युरोपियन युरो एकको खरिद १३२ रुपैयाँ ५३ पैसा र बिक्रीमा १३३ रुपैयाँ १४ पैसा पुगेको छ ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४० पैसा तोकिएको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ ३ पैसा र बिक्रीमा ८६ रुपैयाँ ४३ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ४ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४९ पैसा पाइन्छ ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ २७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ४३ पैसा पाइन्छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ४७ पैसा तोकेको छ ।