काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मपतत्र पुर्याइएको छ ।
Advertisement
निर्वाचन आयोगका अनुसार देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको हो । मतपत्रसहितका ५८ प्रकारका निर्वाचन सामग्री निर्वाचन क्षेत्रमा ढुवानी गरिएको हो । अब हरेक मतदान केन्द्रमा मतपत्र पुर्याउने काम हुने छ ।
संघ र प्रदेशको प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि दुई दुई वटा मतपत्र छापिएका छन् । प्रत्यक्षका लागि तीन करोड ९७ लाख ८९ हजार ५ सय र समानुपातिकका लागि चार करोड ६ लाख ५ हजार मतपत्र छापिएको हो । देशभर एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन् ।