काठमाडौं- पूर्व युवराज्ञी हिमानी शाहको टन्सिल अपरेशन गरिएको छ।
Advertisement
ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा बिहीबार शाहको अपरेसन सफल भएको अस्पतालले जनाएको छ।
घाँटीमा समस्या देखिएपछि उनलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो।
अहिले उनको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन्।