काठमाडौँ । डोटीस्थित खप्तडबाबा नेशनल पार्क केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा बेपत्ता भएकाहरूको खोजी सुरु भएको छ ।
Advertisement
भूकम्पमा परी दुई जना बेपत्ता भएका छन् । पूर्वी चौकी गाउँपालिका ३ स्थित गैरीगाउँका दुई जना बेपत्ता भएको र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बेपत्ताको खोजीमा नेपाली सेनाको भैरव गणको प्लटुङ्ग अपरेटि वेशबाट उद्धार टिम परिचालन गरिएको छ । घाइते पाँच जनाको डोटी अस्पतालमा उपचार भइरहेको छ ।
गए राति ६.६ म्याग्नेच्यूडको भूकम्प जाँदा छ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।