काठमाडौँ । देशका विभिन्न स्थानमा छ जना मृत अवस्थामा फेला परेका छन् ।
बर्दियाको ठाकुरबाबा नगरपालिका ९ हात्तिसारस्थित अञ्जली डल्फिन रिसोर्ट प्रा.लि. सञ्चालन गर्दै आइरहेका फ्रान्सेली नागरिक ६० वर्षीय गथिर रक्स आफ्नै रिसोर्टभित्रको सुत्ने कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
काभ्रेको पाचँखाल नगरपालिका ९ पहरी टोल बस्ने ७० वर्षीय राम बहादुर थापा मगर र उनकी श्रीमती ५९ वर्षीया गीता थापा मगर आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
मकवानपुरको भिमफेदी गाउँपालिका २ चुनियास्थित जंगलमा हाल पहिचान नखुलेका पुरूषको शव आइतबार फेला परेको छ ।
कैलालीको गौरीगंगा नगरपालिका ४ मा बस्ने ४१ वर्षीय हर्क साउद आफ्नै काकीको घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
नवलपरासी (पश्चिम)को रामग्राम नगरपालिका २ हाटबजारमा हाल पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
सप्तरीको राजबिराज नगरपालिका ६ बस्ने ३५ वर्षीय प्रताप राई छिमेकीको ट्वाइलेटमाथि ढलानमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।