काठमाडौँ । रुपन्देहीको देवदह नगरपालिका ५ को पाल्पाली टोलमा घरभित्र चुकुल लागेको अवस्थामा श्रीमान् श्रीमतीको शव फेला परेको छ ।
Advertisement
कतारबाट छुट्टीमा आएका ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीय हेमकला जोल्मी मगर मृत फेला परेको प्रहरीले जनाएको हो ।
श्रीमतीको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा रहेको र श्रीमानको शव पङ्खामा झुण्डिएको अवस्थामा देखिएको प्रहरीले जानकारी दिए ।
प्रहरीका अनुसार श्रीमानले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको देवदह प्रहरी चौकीका प्रमुख गंगाबहादुर सारुले बताए ।