काठमाडौँ । निर्वाचन आयोगले काठमाडौँ महानगर १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आचार संहिता उल्लंघनमा पाँच हजार जरिवाना गरेको छ ।
Advertisement
वडाअध्यक्ष रिजालले आचार संहिताविपरीत काठमाडौँ ६ मा नेपाली कांग्रेसको प्रचार प्रसारमा स्वयं संलग्न भएको पुष्टि भएपछि आयोगले जरिवाना गराउने निर्णय गरेको हो ।
रिजालले कांग्रेसको प्रचार प्रसारमा संलग्न भई आफ्नो फेसबुक पेजमार्फत फोटो सार्वजनिक गरेको पाइएको थियो ।
रिजालले निर्वाचन आचारसंहिता २०७९ को दफा ५ खण्ड (क)को प्रतिबन्धात्मक वाक्यांश (४) प्रतिकूल हुने गरी कार्य पुष्टि भएकाले निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना गरिएको आयोगले जनाएको छ ।