काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङलाई पत्नी शोक परेको छ । गुरुङकी श्रीमती शिरमाया गुरुङको आज बिहान ५ः२० बजे फोक्सोको क्यान्सरका कारण निधन भएको हो ।
Advertisement
००५ भदौमा स्याङ्जाको भिरकोटमा उनको जन्म भएको हो । उनका तीन छोरा र दुई छोरी छन् ।
उनको सोमबार दिउँसो १२ः३० बजे गुरुङ संस्कारअनुसार देवघाटमा अन्त्येष्टि गरिँदैछ । उनका श्रीमान् टेकप्रसाद कांग्रेस चितवनका पूर्वसभापति हुन् । कांग्रेस चितवनले शिरमायाको निधनप्रति दुःख व्यक्त गरेको छ ।