काठमाडौँ । आफ्नै आमा ७० वर्षीया फूलमाया तामाङको हत्या गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका ३ घर भई कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटार बस्ने ३५ वर्षीय जय बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
आफ्नै डेरा कोठामा जय बहादुरले खुकुरी प्रहार गरी आमाको हत्या गरेको प्रहरीले जनाएको छ । घटनालगत्तै प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।