काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलले घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।
Advertisement
नेपाली कांग्रेससहितको सत्ता गठबन्धन दल, नेकपा एमाले, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलका उम्मेदवार निर्वाचनलाई आफ्नो पक्षमा पार्न मतदातका घरघरमा पुगिरहेका छन् ।
प्रतिनिधिसभातर्फ भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टीका तर्फबाट प्रेम सुवाल, सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सुनिल गोठे र एमालेका नवराज गेलाल उम्मेदवार छन् ।
क्षेत्र नं २ मा कांग्रेसका दुलर्भ थापा र एमालेका महेश बस्नेतले पनि घरदैलो अभियानलाई तीव्रता दिएका छन् । दलले घरदैलो अभियान सुरु गरेसँगै जिल्लाका दुवै निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी बढेको छ ।