काठमाडौँ । निर्वाचन आयोगले गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका आठ वटा दुर्गम पहाडी जिल्लामा निर्वाचन सामग्री ढुवानी सम्पन्न गरेको छ ।
Advertisement
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ५७ प्रकारका सामग्री आयोगबाट दिनहुँ विभिन्न जिल्लामा ढुवानी भइरहेको छ ।
आयोगले ५१ जिल्लामा विभिन्न निर्वाचन सामग्री पठाइसकिएको छ । यद्यपि, ती जिल्लामा सबै सामग्री ढुवानी हुन बाँकी छ ।
आयोगले निर्वाचनका लागि मतपेटिका, मतपत्र, छेकाबारा, कोरा कपडा, स्वस्तिक छापलगायत सामग्रीहरू ढुवानी गर्नु पर्ने हुन्छ ।