काठमाडौं- पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
Advertisement
देशभरबाट १ हजार १७७ नमूना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५५४ र एन्टिजेनबाट ५६३ नमूनाको परीक्षण गर्दा पीसीआरबाट १४ र एन्टिजेनबाट २ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।
मन्त्रालयका अनुसार थप ३५ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ६४१ पुगेको छ।