काठमाडौँ । नेपाल समाजवादी अध्यक्ष डा. बाबुराम भट्टराईले सत्ता गठबन्धनबारे भ्रम फैलाइएको भन्दै सचेत गराएका छन् ।
Advertisement
बागमती प्रदेश स्तरीय संयुक्त कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै उनले गठबन्धनबारे भ्रम फैलाइएकाले सचेत रहनुपर्ने भन्दै सत्ता स्वार्थका लागि गठबन्धन नबनेको दाबी गरे ।
सत्ताका लागि दलहरु गठबन्धन गरेर आगामी निर्वाचनमा जान लागेको बताइएका बेला पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले गठबन्धन सत्ता स्वार्थमा नरहेको दाबी गरेका हुन् ।
बहुदलीय व्यवस्थामा दलहरूबीच प्रतिस्पर्धा हुनु पर्ने भए पनि देशलाई जोगाउन गठबन्धन गर्नु परेको उनको भनाइ छ ।