काठमाडौँ । बलात्कार आरोप खेपेर प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई आज जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउने भएको छ ।
Advertisement
नाबालिगलाई बलात्कार गरेको जाहेकीका आधारमा गत असोज २० गते पक्राउ परेका लामिछानेलाई चौथोपटक काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउने तयारी भएको हो ।
गत भदौ ५ गते १७ वर्षीय नाबालिगलाई बलात्कार गरेको आरोपमा उनीविरुद्ध भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । आज उनीविरुद्ध अभियोग पत्र दर्ता गर्नेसम्मको तयारी रहेको छ ।