• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

वर्षदिनभित्र भोटखोलामा खाद्यान्न डिपो : दीपक खड्का


आइतबार, कार्तिक ०६, २०७९ मा प्रकाशित

 

Advertisement

बरुण बजार (संखुवासभा)- संखुवासभामा गठबन्धनको तर्फबाट प्रतिनिधिभा उम्मेदवार तथा कांग्रेस जिल्ला सभापति दीपक खड्काले आफू निर्वाचित भएको वर्षदिनभित्र जिल्लाको दुर्गम भोटखोला गाउँपालिकामा खाद्यान्न डिपो स्थापना गर्न पहल गर्ने बताएका छन्।

शनिबार गठबन्धन दलहरुको संयुक्त भेलालाई भोटखोला गाउँपालिका ४ बरुण बजारमा सम्बोधन गर्दै खड्काले उक्त गाउँपालिकाको खाद्यान्नको समस्या समाधानका लागि डिपो अत्यावश्यक भएको उल्लेख गरे।

हिमाली भेगमा पर्ने भोटखोलामा खेतीपाती कम हुने भएकाले यहाँका बासिन्दाले बासिन्दाले बाह्रैमासजस्तो खाद्यान्नको अभाव झेल्नुपर्छ। सदरमुकाम खाँदबारीबाट खरिद गरेर लगिएको चामल झण्डै तेब्बर मूल्यमा यहाँका बासिन्दाले खरिद गर्नुपर्छ।

चीनतर्फको किमाथांका नाकामा अझै सडकको टयाक तयार नभएकाले उताबाट दैनिक उपभोग्य सामग्री ल्याउन सकिएको छैन। किमाथांका, हटिया, गोला, बरुण, स्याक्सिला, सिप्रु, नामासे, तुम्खालिङ, लिंगम, चेपुवा, थुदाम, रिदाकलगायत बजार र बस्तीका बासिन्दा महँगो मूल्यमा खाद्यान्न किनेर खान बाध्य छन्।

प्रतिनिधिसभा उम्मेदवार खड्काले भोटखोलाको खाद्यान्न समस्याबारे आफूलाई अवगत रहेको उल्लेख गरे।

आफू पटक-पटक भोटखोला आएको उल्लेख गर्दै उनले यहाँको मुख्य समस्या जोगवनीबाट किमाथांका जोड्ने कोशी राजमार्गको ट्रयाक तयार नहुनु र चीनसँगको नाका नखुल्नु रहेको बताए। र, बढीमा दुई वर्षभित्र किमाथांका सडकको ट्रयाक तयार भइसक्ने जानकारी स्थानीय बासिन्दालाई दिए। त्यससँगै अहिले जिर्ण अवस्थामा रहेको यो सडकको स्तरोन्नती पनि शुरु हुने जानकारी दिए। यो सडक तयार भएपछि भारत, नेपाल र चीनबीच छोटो दूरीमा त्रिदेशीय व्यापार शुरु हुने र त्यसबाट भोटखोलाका बासिन्दाको समृद्धि यात्रा पनि शुरु हुने उनले उल्लेख गरे।

संखुवासभाको शीर भोटखोलामा समृद्धि प्राप्त नभई समग्र जिल्लाले समृद्धि प्राप्त गर्न नसक्ने खड्काले उल्लेख गरे। उनले भने, ‘भोटखोला संखुवासभाको दिमाग हो। यो संखुवासभाको शीर हो। भोटखोलाको विकास निर्माण नभएर यो क्षेत्र स्वस्थ रहेन भने संखुवासभा स्वस्थ रहन सक्दैन।’

२०७४ सालमा आफू पराजित हुँदा समग्र संखुवासभा र भोटखोलाले पराजित हुनु परेको उनले उल्लेख गरे। त्यतिबेला विजयी भएका एमाले सांसद राजेन्द्र गौतमले जिल्लाको विकास निर्माणका लागि एक सुको पनि राष्ट्रिय बजेट ल्याउन चासो नदिएको उनले सम्झाए। ‘म पराजित हुँदा हाम्रो जिल्ला २५ वर्ष पछाडि पर्‍यो,’ उनले भने।

तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले आफ्नो पहलमा जोगवनी किमाथांका सडकका लागि विश्व बैंकको बजेट विनियोजन गराएको खड्काले जानकारी दिए। त्यतिबेला आफूले अर्थमन्त्री डा. महत र चीनसँग राम्रो सम्बन्ध रहेकी कांग्रेस नेतृ सुजाता कोइरालालाई निजी खर्चमा हेलिकोप्टरमार्फत किमाथांकासम्म ल्याएर बजेट व्यवस्थापन गर्न लगाएको उनले उल्लेख गरे। अहिले जोगवनी किमाथांका सडकमा विश्व बैंकको सोही बजेटबाट ट्रयाक ओपनिङ र स्तरोन्नतीको काम भइरहेको छ।

भोटखोलामै अरुण तेस्रो र अप्पर अरुणजस्ता ठूला जलविद्युत आयोजना कार्यान्वयनमा छन्। खासगरी, अप्पर अरुण आयोजनामा संखुवासभाका बासिन्दालाई मालिक बनाउन आफूले पहल गरिरहेको खड्काले बताए। जिल्लामा निर्माण हुने जलविद्युत आयोजनाको सेयर संखुवासभाका बासिन्दालाई दिलाउन आफूले संघर्ष गरिरहेको र त्यसले परिणाम प्राप्त गर्नेमा द्विविधा नरहेको उनले उल्लेख गरे।

‘हामी गर्न नसक्ने हावादारी कुरा गर्दैनौं, जे गर्न सक्छौं, गरेर देखाउन छौं। फरक काम गरेर देखाउने छौं,’ उनले भने।

भेलालाई सम्बोधन गर्दै गठबन्धनबाट संखुवासभा ‘क’ बाट प्रदेशसभाका प्रत्यक्ष उम्मेदवार राजेन्द्र कार्कीले आफूहरु निर्वाचित भए मतदाताको विश्वासमाथि घात नगर्ने बाचा गरे। उत्तर दक्षिण कोशी राजमार्गलाई कालोपत्रे गराएर किमाथांकासम्म सहजै पुग्न सकिने वातावरण तयार पारिने, अप्पर अरुण जलविद्युत आयोजनाका लागि पर्याप्त केन्द्रीय बजेट ल्याउन निरन्तर लागिपर्ने, भोटखोलाका बासिन्दाका सन्तानलाई शिक्षाको ग्यारेन्टी गर्ने, युवाका लागि रोजगारी सिर्जनामा ध्यान केन्द्रित गर्ने आफूहरुको एजेन्डा रहेको उनले बताए। उनले भने, ‘भोटखोलाले संखुवासभालाई मात्र होइन, समग्र देशलाई नै पाल्ने सामर्थ्य राख्छ।’

प्रदेशसभाका निवर्तमान सांसद पूर्णप्रसाद राईले भोटखोला क्षेत्र खनिजको भण्डार रहेको उल्लेख गरे। उनले भने, ‘बाटो आयो, बिजुली आउँदै छ, धमाधम जलविद्युत आयोजनाहरु बन्दै छन्, भोटखोलाको समृद्धिको ढोका खुल्दैछ। र, त्यो समृद्धि धेरै टाढा छैन।’

  • दीपक खड्का
  • भोटखोला
  • संखुवासभा
आइतबार, कार्तिक ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.