काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा मोरङको विराटनगर पुगेका छन् ।
Advertisement
निर्वाचन परिचालन कमिटी प्रदेश १ ले आयोजना गरेको लोकतान्त्रिक वाम गठबन्धन संयुक्त भेलालाई सम्बोधन गर्न कांग्रेसका सभापतिसमेत रहेका देउवा शनिबार बिहान विराटनगर पुगेका हुन् ।
आगामी ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै भेला आयोजना गरिएको हो । भेलामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी छन् ।