काठमाडौँ । अर्घाखाँचीमा ७४ वर्षीय बृद्धले आफ्नै भाइको हत्या गरेका छन् । जिल्लाको भूमिकास्थान नगरपालिका १ घर भएका हिमबहादुर गमालले आफ्नै सहोदर भाइ वीरबहादुर गमालको हत्या गरेका हुन् ।
कार्तिक २ गते राति भिरमा लडेर ज्यान गुमाएका भनिएका गमालको शव अर्कोदिन बिहानमात्र फेला परेको थियो । घटनाको अनुसन्धान गर्दा आफ्नै दाइले धकेलेको भेटिएपछि ७४ वर्षीय हिमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
प्रहरीका अनुसार २० गते दिउँसो भूमिकास्थान नगरपालिका ४ धारापानीमा रहेको शाइन रेसुंगा बैंकबाट सँगै वृद्धा भक्ता निकालेका दाजुभाइ हिँड्दै घर जाने क्रममा आपसी विवाद भएपछि घचेटाघचेट भएको थियो ।
दुई दाजुभाइबीच लेनदेनमा भएको विवादमा दाइले घचेट्दा भाइ भिरबाट खसेको प्रहरीले जनाएको छ । भिरबाट खसेका गमालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।