काठमाडौँ । बाराको जितपुर सिमरा उपमहानगर २४ मा गएराति ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
Advertisement
मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगर १९ का २० वर्षीय बसरूदिन देवान रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका देवानको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
नितनपुरबाट इनर्वा शिरातर्फ आउँदै गरेको बा २३ प ४२६९ नम्बरको मोटरसाइकललाई गएराति ९ बजेविपरीत दिशाबाट जाँदै गरेको प्रदेश २-०३-००१ त ४११५ नम्बरको ट्रयाक्टरले ठक्कर दिएको थियो ।
ट्रयाक्टरसहित चालकलाई अस्थायी प्रहरी पोष्ट इनर्वा शिराले नियन्त्रणमा लिएको छ ।