काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्स दुई सय मिटर दौडमा सशस्त्र प्रहरी बल (एपिएफ)का शिवराज पार्की र लुम्बिनी प्रदेशकी निशा चौधरीले स्वर्ण पदक जितेका छन् ।
Advertisement
पोखरा रंगशालामा बिहीबार पुरुषतर्फ शिवराजले निर्धारित दूरी २१ दशमलव ९१ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । एपिएफकै आशिष चौधरीले २२ दशमलव शुन्य पाँच सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै रजत पदक हात पारे । त्रिभुवन आर्मी क्लबका युवराज विकले २२ दशमलव ५० सेकेण्डमा पूरा गर्दै कास्य पदक प्राप्त गरे ।
महिलातर्फ लुम्बिनीकी निशाले २५ दशमलव २४ सेकेण्डमा पूरा गर्दै स्वर्ण जिते । एपिएफकी रमिताकुमारी थारूले २५ दशमलव ९५ सेकेण्डमा पूरा गर्दै रजत र पुलिसकी लक्ष्मी साउदले २६ दशमलव ५२ सेकेण्डमा पूरा गर्दै कास्य पदक प्राप्त गरेका छन् ।