काठमाडौँ । धनुषाको सबैला नगरपालिका १२ बाट प्रहरीले अवैध २० लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।
Advertisement
पक्राउ पर्नेमा सुनसरी घर भएका २२ वर्षीय आशिष कामद र २७ वर्षीय बजरंगप्रसाद गुप्ता छन् । आशिष कादमले चलाएको प्रदेश–१–०२–०४६ प ५६३१ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त रकम फेला परेको हो ।
प्रहरी चौकी बरमझियाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।