काठमाडौँ । आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्यमा सामान्य गिरावट आएको जनाएको हो ।
Advertisement
महासंघले आजको मूल्य तोक्दै हिजो बुधबारको तुलनामा १०० रुपैयाँले मूल्य घटेको जनाएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९३ हजार १०० र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्यमा गिरावट आएको छ । आज तोलामा पाँच रुपैयाँले घटेको चाँदी हिजो पनि सोही रकम गिरावट आएको थियो । आज चाँदीको मूल्य तोलामा ११ सय ७० रुपैयाँ छ ।