काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य दुई सय रुपैयाँले घटेको हो ।
Advertisement
योसँगै आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार २०० र तेजावी सुनको मूल्य ९२ हजार ७०० रुपैयाँ छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर कारोबार भइरहेको जनाएको छ । आज प्रतितोला ११ सय ७५ रुपैयाँ कायम छ ।