• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

धनुषामा कडा प्रतिस्पर्धा : मतदाता जोड घटाउमा व्यस्त उम्मेदवार


बुधबार, कार्तिक ०२, २०७९ मा प्रकाशित

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवार धनुषामा प्रचारप्रसारमा गाउँ पसेका छन् ।

Advertisement

विभिन्न पार्टीका केन्द्रीय नेताहरू चुनावी प्रतिस्पर्धामा रहेकाले जिल्लामा यतिबेला चुनावी माहोल तातेको छ । चुनावी तयारीलाई तीव्र पारेको सत्तारुढ पाँच दलीय गठबन्धन र नेकपा एमाले जसपा गठबन्धन छुट्टाछुटै बैठक, भेला र घरदैलोलाई तीव्रता दिएका छन् ।

पाँच दलीय गठबन्धनमा आबद्ध दलका नेता आन्तरिक तथा सामूहिक बैठक, छलफल र भेलालाई तीव्र पारेको नेकपा (माओवादी केन्द्र) धनुषाका अध्यक्ष दीपक यादवले जानकारी दिए ।

‘गठबन्धनका उम्मेदवारसँगै हामी पनि चुनावी तयारीमा जुटेका छौँ,’ उनले भने, ‘अहिले दलहरूको आफ्नो आन्तरिक तथा गठबन्धनको बैठक, छलफल जारी छ ।’ उम्मेदवारले पनि आफ्नो र दलको एजेण्डा बोकेर जनतामाझ पुग्न थालेका छन् उनको भनाइ छ । एमाले जसपा गठबन्धनले पनि धनुषाको सबै क्षेत्रमा चुनावी रणनीति बनाउन बैठक, भेला जारी राखेको एमाले नेता रामसुन्दर यादवले बताए ।

दलका नेता कार्यकर्ता र झण्डासहित उम्मेदवार गाउँगाउँ पुग्न थालेपछि यतिबेला सहरी क्षेत्रमा मात्र होइन्, ग्रामीण भेगमा पनि चुनावी माहोल बन्दै गएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको करिब सात महिनापछि पुनः अर्को महत्वपूर्ण जनप्रतिनिधि छनोट गर्ने अवसर आएकाले यसलाई सहीरुपमा सदुपयोग गर्ने तयारीमा मतदाता छन् । अहिले चोकचोकको चिया पसलदेखि ठूलठूला होटलमा चुनावी चर्चा परिचर्चा हुने गरेको छ ।

यसपालिको चुनावमा कुन उम्मेदवार बलियो छ ? कुन उम्मेदवारले बाजी मार्ने ? चुनावी जोड घटाउ भइरहेको स्थानीयले बताएका छन् । जिल्लामा चार प्रतिनिधिसभा निर्वाचन क्षेत्र र आठवटा प्रदेशसभा निर्वाचन क्षेत्र छन् । सबै निर्वाचन क्षेत्रमा पूर्वमन्त्री तथा पार्टीका केन्द्रीय नेता चुनावी प्रतिस्पर्धामा रहेकाले सहजरुपमा चुनावी परिणाम आंकलन गर्न गाह्रो रहेको राजनीतिक जानकारले बताएका छन् । ती निर्वाचन क्षेत्रमा विभिन्न पार्टीबाट १० पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा छन् ।

क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका उपमहासचिव तथा पुर्वमन्त्री मात्रिकाप्रसाद यादव चुनावी प्रतिस्पर्धामा रहेका छन् । गत २०७४ सालको निर्वाचनमा तत्कालीन बाम गठबन्धनको उम्मेदवार भएर सो क्षेत्रबाट निर्वाचित भएका उनी यसपटक पाँच दलीय गठबन्धनको साझा उम्मेदवार भएर चुनावी प्रतिस्पर्धामा होमिएका हुन् ।

अघिल्लो निर्वाचनमा उनले २६ हजार ४१८ मत ल्याएर निर्वाचित हुँदा उनको निकटतम प्रतिद्वन्द्वी तत्कालीन संघीय समाजवादी फोरमका दीपक कार्कीले १७ हजार २९६ मत प्राप्त गरेका थिए । यसपटक पुनः यादव र कार्की चुनावी प्रतिस्पर्धामा होमिएका छन् । कार्की जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका छन् । एमालेले टिकट नदिएपछि किशोरी साह जनमत पार्टीबाट सो क्षेत्रमा उम्मेदवार बनेका छन् ।

गत निर्वाचनमा एमालेबाट प्रदेशसभामा निर्वाचित साह जनमत पार्टीबाट उम्मेदवार बनेका थिए । सो क्षेत्रमा यादव, कार्की र साहबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने स्थानीयको आंकलन छ ।

यस्तै, क्षेत्र नम्बर २ मा पनि तीन जना पूर्वमन्त्री चुनावी मैदानमा उत्रिएका छन् । धनुषाको पूर्वी दक्षिण क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसबाट पूर्वमन्त्री रामकृष्ण यादव, एमालेबाट पूर्वमन्त्री उमाशङ्कर अरगरिया, नेकपा एकीकृत समाजवादीबाट पूर्वमन्त्री रामचन्द्र झा र जनता समाजवादी पार्टी (जसपा)बाट गंगाराम यादव चुनावी प्रतिस्पर्धामा छन् ।

गत निर्वाचनमा प्रतिनिधिसभामा संघीय समाजवादी फोरमबाट निर्वाचित अरगरियाले ३२ हजार ४४ मत ल्याएर जित हासिल गर्दा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका पूर्वमन्त्री झाले १८ हजार ७१५ मत प्राप्त गरेका थिए । पूर्वमन्त्री अरगरिया अहिले नेकपा एमालेबाट उम्मेदवार बनेका छन् । पूर्वमन्त्री झा नेकपा एकीकृत समाजवादी पार्टीबाट उम्मेदवार बनेका छन् ।

अघिल्लो निर्वाचनमा तेस्रो स्थानमा खुम्चिएका कांग्रेस नेता तथा पूर्वमन्त्री यादवसँगै जनता समावादी पार्टीले सो क्षेत्रमा गंगाराम यादवलाई उम्मेदवार बनाएको छ । उनहरूबीच तीव्र प्रतिस्पर्धा हुने स्थानीयको आंकलन छ । मधेस प्रदेशको राजधानी जनकपुरधामसमेत रहेको धनुषा क्षेत्र नम्बर ३ मा एमाले नेत्री जुलीकुमारी महतो र लोसपा वरिष्ठ नेता अनिल झाबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

पाँच दलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता झा र एमाले जसपा गठबन्धनबाट नेत्री महतो उम्मेदवार भएका छन् । उनी दुवै निवर्तमान प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री हुन् ।

महतो यो क्षेत्रका लागि पुरानै अनुहार हुन् भने झा नयाँ अनुहार हुन् । गत २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा महतो कांग्रेस नेता विमलेन्द्र निधिसँग पराजित भएका थिए । गत २०७४ सालको निर्वाचनमा कांग्रेस नेता निधि लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोसँग पराजित भएका थिए । यसपटक निर्वाचनमा कांग्रेस नेता निधि समानुपातिक सूचीमा गएको छ भने लोसपा वरिष्ठ नेता महतो आफ्नै गृहजिल्ला सर्लाही २ बाट चुनाव लड्दै छन् ।

पुरानो महतो र नयाँ अनुहार झाबीच नै मुख्य प्रतिस्पर्धा हुने धेरैको आंकलन छ । पक्का भएको छ । लोसपा उम्मेदवार झाको जितका लागि कांग्रेसको मत महत्वपूर्ण छ । यो चुनावमा कांग्रेसको तर्फबाट अन्तरघात हुने कुनै सम्भावना नरहेको नेता रामसरोज यादवले बताए ।

यसैगरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेस र एमालेका दुई ठूला नेता प्रतिस्पर्धामा छन् । सो क्षेत्रमा पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादव र नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री रघुवीर महासेठको उम्मेदवारीले त्यहाँ रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

विं.सं. ०७४ को निर्वाचनमा पनि दुवै जना चुनावी मैदानमा उत्रिएका थिए । त्यसबेला महासेठले यादवलाई पराजित गरेका थिए । महासेठले २२ हजार ५३२ मत ल्याएर जित हासिल गर्दा यादवले १९ हजार ९९१ मत ल्याएका थिए । पुनः दुवै नेता एउटै क्षेत्रमा आम्ने साम्ने भएपछि चुनावी सरगर्मी बढेको स्थानीयले बताएका छन् ।

अघिल्लो निर्वाचनमा भन्दा यसपटक निर्वाचनमा राजनीतिक समीकरण फरक रहेकाले चुनाबी परिणाम कसको पक्षमा जान्छ भन्ने अनुमान गर्न कठिन रहेको स्थानीयवासीको भनाइ छ । जिल्लमा दुई लाख ५२ हजार ९१५ पुरुष, दुई लाख २१ हजार ६६५ महिला र अन्य सात गरी कूल चार लाख ७४ हजार ५८७ मतदाता रहेको मधेस प्रदेश निर्वाचन कार्यालय जनकपुरधामले जनाएको छ । जिल्लामा ३२२ मतदानस्थल र छ सय पाँच मतदान केन्द्र तोकिएका छन् ।

 

  • उम्मेदवार
  • मतदाता
बुधबार, कार्तिक ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.