काठमाडौँ । इष्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि २८ असोजमा आईपीओ निष्कासन गरेको थियो ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका छ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेकोमा बाँकी रहेको ५० हजार ३१० कित्ता सेयरसहित गरी छ लाख ७० हजार ३१० कित्ता शेयर निष्कासन गरेको हो ।
सोमध्ये ३३ हजार ५१५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । १३ हजार ४०६ कित्ता शेयर कर्मचारीका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी छ लाख २३ हजार ३८९ कित्ता शेयरका लागि आवेदन दिन सक्ने छन् ।
लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्ने छ । अधिकतममा एक लाख कित्ता शेयरका लागि आवेदन दिन सक्ने छन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो शेयर वेब तथा एपबाट आवेदन दिन सक्ने छन् ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।