• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

चुनावी रणभूमिमा कलाकार : जित्ने सम्भावना कति ?


मङ्गलबार, कार्तिक ०१, २०७९ मा प्रकाशित

काठमाडौँ । आगामी ४ मसिंरमा हुने प्रतिनिधिसभाको चुनावले भुईं मान्छेदेखि उम्मेदवार सबै छोइसकेको छ । सबैलाई आफू संलग्न पार्टी तथा नेताको हितमा तछाडमछाड गरिरहेका छन् ।

Advertisement

सेलिब्रिटी अर्थात कलाकारहरु पनि यो चुनावमा आफू वा आफ्ना दलका लागि होमिएका छन् । कलाकारको कुनै निजी जीवन हुँदैन । कुनै राजनीतिक ‘वाद’ वा विचारसँग नजिक नभई कलामार्फत मन जित्नु कलाकारको धर्म हो भन्ने मान्यताविपरीत उनीहरू नै चुनावमा होमिएका छन् ।

कलाकारहरू राजनीतिमा प्रवेश गरेका विश्वमा थुप्रै उदाहरण छन् । हाम्रै मिछेकी देश भारतमा कलाकारितापछि राजनीतिमा प्रवेश गरेका धेरै कलाकार छन् । जसमा सुनिल दत्त, मिथुन चक्रवर्थी, विनोद खन्ना, स्मृति इरानी, हेमा मालिनीलगायत दर्जनौं छन् ।

केही वर्षयता नेपाली कलाकारको पनि राजनीतिमा चासो र आवद्धता बाक्लै पाइन्छ । धेरै कलाकार विभिन्न राजनीतिक पार्टीसँग झुकाव राख्छन् । केही कलाकार सक्रिय राजनीतिमै होमिएका छन् ।

आगामी मंसिर ४ गते हुन लागेको चुनावमा धेरै कलाकारहरुले आफ्नो उम्मेदवारी दाबी गरेका छन् । उनीहरूले विभिन्न क्षेत्रबाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । राजनीतिमा कलाकारको संलग्नता देख्दा उनीहरू राजनीतिक बाछिट्टाबाट अलग रहन नसकेको प्रष्ट हुन्छ । जसको परिणाम हामीले स्थानीय पालिका चुनावमा पनि देखिसकेको छौँ ।

स्ट्रक्चरल इञ्जिनियर तथा ¥यापर बालेन शाह युवा पुस्तामाझ चर्चित बन्दै काठमाडौँ महानगरको मेयरमा स्वतन्त्रबाट विजयी भए । बालेनको जित र राजनीतिक यात्राले धेरै कलाकारलाई राजनीतिमा होमिन प्रेरणा मिलेको छ ।

त्यसैले प्रतिनिधिसभा चुनावका लागि कलाकारहरूले पार्टी वा स्वतन्त्रबाट उम्मेदवारी दिँदै आफूलाई बलियो उम्मेदवारका रुपमा खडा गरेका छन् ।

चुनावी रणभूमिमा कलाकार

नेपाली चलचित्र जगतकी नामी अभिनेत्री रेखा थापा प्रतिनिधिसभा सदस्यमा मोरङ क्षेत्र नं. ३ बाट चुनाव लड्दैछिन् । थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट टिकट पाएकी हुन् ।

रेखा अहिले चुनावी प्रचारप्रसारका लागि मोरङमा घर दैलो अभियानमा व्यस्त देखिन्छिन् । उनले आफ्नो उम्मेदवारी दर्तापछि सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो राजनीतिक यात्राको बारेमा लेखेकी छन्, ‘मेरो राजनीतिक यात्रा समयको माग हो, ३० वर्षदेखि संसदमा पुगेका दलका नेताहरुले मोरङबासीका लागि गरेको काम हेर्दा समाजले एउटा नेतृत्वबाट गर्ने अपेक्षा र नेतृत्वले जनताप्रति गरेको घातका कारण मोरङका जनताका खातिर युवाले गरेको विद्रोह हो ।’

यससँगै उनले थपेकी छन्, ‘अब पनि हामी नबोले, आमीले आवाज नउठाए कसले उठाउछ ? देश बनाउन कसम खाएका नेताहरुले देश त परै जावस्, आफ्नो समाजका लागिसम्म उत्तरदायी बन्न् किन सकेनन् ? किन हामी मोरङवासी सधै देशको, राजनीतिको केन्द्रबिन्दु हुँदाहुँदै पनि पछि परिरहेका छौँ त ? यस्तै, तमाम समस्याले गर्दा मैले मोरङ क्षेत्र नम्बर ३ बाटै युवा विद्रोहको रुपमा उम्मेदवारी दिएकी छु ।’

लोक गायिका कोमल वलीले दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएकी छन् । उनले नेकपा एमालेबाट टिकट पाएकी हुन् ।

यसअघि उनी राष्ट्रियसभा सांसदसमेत थिइन् । उनी चुनावी नतिजा आफ्नो पक्षमा ल्याउनका लागि दाङका गाउँटोलमा प्रचारप्रसारका लागि तल्लिन देखिन्छिन् ।

वलीले पनि फेसबुकमार्फत दाङबासीलाई भोटको अपिल गरेकी छन्, ‘म दाङकी छोरी हुँ । दंगाली जनताको सेवक हुँ । मलाई परिवारको एउटा सदस्य सम्झनुहोला । सुखमा नसम्झे पनि दुःखमा अवश्य सम्झिनुहोला । मलाई तपाईंको नजिकै पाउनु हुनेछ । दाङ ३ नम्बर क्षेत्रको चामत्कारिक विकास मेरो सपना हो ।’

यसैगरी, निर्देशक मनोज पण्डित काभ्रे क्षेत्र नम्बर २ बाट चुनावी मैदानमा खडा भएका छन् । उनी पार्टीगत नभएर स्वतन्त्र रुपमा चुनावी मैदानमा होमिएका हुन् । पण्डित चर्चित निर्देशक हुन् । उनले ‘ग्रेटर नेपाल’, ‘दासढुङ्गा’, ‘बधशाला’ जस्ता चर्चित फिल्म निर्माण गरिसकेका छन् ।

कमेडियन हिमेश पन्त धादिङ क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हुन् । उनले आफ्नो उम्मेदवारी कुनै लहडबाजी मात्रै नभएर आफू जन्मेको माटो धादिङलाई माथि उठाउने एउटा प्रण भएको बताएका छन् ।

चर्चित टेलिसिरियल ‘सक्किगोनी’मा ‘सिते बा’को भूमिका बहन गर्दै आएका परिचित कलाकार मधुसुदन पाठक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।

उनी काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव लड्दैछन् । उनले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा कार्यक्रममार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘जनताको हकहित, दिगो विकासमा आधारित रही काठमाडौं क्षेत्र नम्बर ५ का जनताको सुरक्षित भविष्य निर्माण र रोजगारी सिर्जना गर्ने गरी सबैको मनमा बस्ने र कसैलाई गाली नगरी सामान्य खर्चमा घरदैलो गरी चुनाव जित्ने प्रयासमा रहेको छु ।’ साथै उनले काठमाडौं क्षेत्र नम्बर ५ का जनतालाई सहयोग गर्न पनि अपिल गरेका छन् ।

गायक सञ्जय श्रेष्ठले पनि प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवार रुपमा उम्मेदवारी दर्ता गराएका छन् । उनलाई राप्रपाले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

कलाकार तथा फिल्म निर्माता रोज राणा प्युठान जिल्ला प्रदेश (ख)बाट प्रदेशसभा सदस्य पदमा चुनाव लड्दैछन् । उनलाई नेपाली कांग्रेसले उक्त क्षेत्रबाट उम्मेदवार बनाएको हो ।

  • कलाकार
मङ्गलबार, कार्तिक ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.