काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा (संघीय) निर्वाचनमा एक जना उम्मेदवारले प्रचार प्रसार गर्न पाउने खर्चको हिसाबले पाँच समूहमा विभाजन गरेको छ । देशका १६५ निर्वाचन क्षेत्रलाई पाँच समूहमा विभाजन गरेको हो ।
पहिलो समूहका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २५ लाख रुपैयाँ खर्च गर्न पाउने छन् । दोस्रो समूहमा रहेका १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले निर्वाचन प्रचार प्रसारमा २७ लाख रुपैयाँ खर्च गर्न पाउने छन् ।
तेस्रो समूहमा रहेका ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले जनही २९ लाख रुपैयाँसम्म खर्च गर्न पाउने छन् । चौँथो समूहमा रहेका ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख रुपैयाँसम्म प्रचार प्रसारमा खर्च गर्न पाउने भएका छन् ।
पाँचौं समूहमा रहेका २६ वटा निर्वाचन क्षेत्रमा उम्मेदावरले ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने छन् ।
उम्मेदवारले ३३ लाख रुपैयाँ खर्च गर्न पाउने क्षेत्रहरू
ताप्लेजुङ–१
पाँचथर–२
संखुवासभा–१
सोलुखुम्बु–१
खोटाङ–१
दोलखा–१
रामेछाप–१
काभ्रेपलाञ्चोक–१
काभ्रेपलाञ्चोक–२
मकवानपुर–१
मकवानपुर–२
गोरखा–१
लमजुङ–१
अर्घाखाँची–१
रोल्पा–१
प्यूठान–१
दाङ–१
बर्दिया–१
बर्दिया–२
सल्यान–१
डोल्पा–१
हुम्ला–१
जाजरकोट–१
बझाङ–१
डोटी–१
बैतडी–१