काठमाडाैं : नेपाली कांग्रेसले बागी उम्मेदवारी फिर्ता लिने समय थप गरेको छ। कांग्रेसले दिएकाे म्याद भन्दा चार दिन थप गरेकाे हाे।
Advertisement
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा सोमबार जारी विज्ञप्तिमा कात्तिक ४ गते भित्र वक्तव्यमार्फत आफ्नो उम्मेदवारी निष्क्रिय बनाए कारबाही नगर्ने उल्लेख गरिएकाे छ।
कांग्रेसले सत्तारुढ गठबन्धनका उम्मेदवार रहेको ठाउँमा बागी उम्मेदवारी दिनेलाई निष्कासनको कारबाही गरेको थियो । यदि उम्मेदवारी निष्क्रिय बनाए भने कारबाही नगर्ने कांग्रेसको भनाइ छ ।
सत्ता गठबन्धनले २६ असोजभित्र बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको थियो ।