काठमाडौं : सरकारले संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निघनमा एक दिन शोक विदा दिने निर्णय गरेकाे छ। जोशीको निधनको शोकमा सरकारले कार्तिक १ गते मंगलबार विदा दिने भएको हो।
Advertisement
गृह मन्त्रालयद्वारा जारी विज्ञप्तीमा राज्यभरका सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरु, विदेशस्थित कूटनितिक नियोकहरु मंगलबार विदा रहने तथा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको जनाएको छ।
