काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका ६ कुखुरेपाखामा आज जेसिबी पल्टिँदा चालकको मृत्यु भएको छ ।
Advertisement
मृत्यु हुनेमा जेसिबि चालक रामेछापको दोरम्बा गाउँपालिका २ का २५ वर्षीय जिबराज तामाङ रहेका छन् ।
कुखुरेपाखाबाट कटुन्जेतर्फ जाँदै गरेको बा २ ख ८६ ०२ नम्बरको जेसिबी अनियन्त्रित भएर आज बिहान १० बजे सडकबाट ९५ फिट तल खोलामा खसेको प्रहरी चौकी कटुन्जेले जानकारी दिएको छ ।