काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ बढेको हो ।
Advertisement
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।