बर्दिया : मधुवन नगरपालिका र बारबर्दिया जोड्ने कुम्भ्राघाटमा आइतबार दिउँसो डुंगा पल्टिएको छ ।
Advertisement
१३ जना यात्रु चढेको सानो डुंगा बबई नदी पार गर्नेक्रममा पल्टिएको हाे।
सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरका अनुसार डुंगामा सवार सबै यात्रुलाई सकुशल उद्धार गरिएको छ ।
दुई वटा मोटरसाइकल, स्कुटी भने बबई नदीमा डुबेकोले फेला पार्न सकिएको छैन । यात्रुले बोकेको १० वटा मोबाइल पनि बबई नदीमा डुबेको छ ।
डुंगामा क्षमताभन्दा बढी यात्रु र मोटरसाइकल राख्दा अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ।