• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

चोरी तस्करी नरोकिएको भन्दै सीमा क्षेत्रका व्यवसायीको गुनासो


आइतबार, असोज ३०, २०७९ मा प्रकाशित

रूपन्देही : खुल्ला सिमानाको फाइदा उठाउँदै चोरी तस्करी बढ्दासमेत स्थानीय प्रशासनले नियन्त्रणमा पहल नगरेको भन्दै सीमा क्षेत्रका व्यवसायीले गुनासो प्रशासनको आलोचना गरेका छन् ।

Advertisement

उद्योग व्यापार सङ्गठन, रूपन्देहीको १५औँ वार्षिक साधारणसभामा सिद्धार्थ उद्योग वाणिज्य सङ्घका पूर्वध्यक्ष ओमकार गौचनले खुलेआम चोरी तस्करी भइरहदा पनि प्रहरी प्रशासनले नियन्त्रणमा पहल नै नगरेको बताए।

गौचनले सीमापारी सुनौलीमा चाडपर्वका बेला करोडौँको व्यापार हुँदा सीमावारी नेपाली बजार भैरहवा क्षेत्रका व्यवसायीले मारमा परेको बताए। उनले अब यस्तै अवस्था रहने हो भने केही दिनमै सयौँ व्यावसायिकको व्यवसाय बन्द हुने पनि बताए। ८० वर्षीय गौचनले वर दशकको व्यावसायिक जीवनमा सबैभन्दा बढी चोरी तस्करी यतिबेला भइरहेको भन्दै स्थानीय प्रहरी प्रशासनको चर्को आलोचनासमेत गरेका हुन।

उनले भने, ‘सीमापारीबाट जे सामान ल्याए पनि कुनै रोकतोक गरिँदैन । सीमावारी भैरहवाको व्यापार चौपट भएको छ । अरु केही नगरे पनि भन्सारको सङ्क्षिप्त प्रज्ञापनपत्र भरेर मात्रै ल्याउने व्यवस्था गरौँ।’

कार्यक्रममा उद्योग व्यापार सङ्गठन रुपन्देहीका निवर्तमान अध्यक्ष नारायणप्रसाद भण्डारीले सीमावर्ती क्षेत्रमा प्रहरी प्रशासनले कडाइ नगर्ने हो भने भैरहवाका धेरै पसल बन्द गर्नुपर्ने बाध्यता रहेको बताए। उनले भने, ‘मान्छे सीमापारी जान रोक्न सकिँदैन तर, सीमापारीबाट भन्सार नगरेको सामान रोक्न, नियन्त्रण नगरेर प्रशासन रमिते बनेर बसेको छ।’

भण्डारीले कानुनअनुसार सङ्क्षिप्त प्रज्ञापनपत्र नभरी सामान नेपाल ल्याउन नपाइने प्रणालीलाई लागू गर्नसमेत माग गरे। जिल्लाको मर्चवार, केवटलिया, पीपरिहिया, भगवानपुर, चनौली बगाह, कालिदह, बगौँली, चन्नी, करौँता, थुमुहवा पीपरहवा, मुडुलालगायतका नाकाबाट दैनिक चोरी तस्करी गरेर दाल, तेल र चामललगायतका सामान भित्रिरहेका छन् । भैरहवा मूल भन्सार नाका अगाडिबाट घरायासी समान भन्दै दिनहुँ हजाराँै मानिसले भन्सार नतिरी सामान ल्याउने गरेको ब्यवसायिहरुको भनाइ छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले मुलुकलाई आत्मनिर्भर बनाउन सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रण गर्नुपर्नेमा जोड दिए। उनले भने,’सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ।’

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सीमापारी किनमेलको जाने मानिस रोक्न नसकिँने बताउँदै व्यवसायीको सुझाव र गुनासोलाई आत्मसात गर्दै सुरक्षा सतर्कतामा विशेष ध्यान दिने बताए।

उनले भने, ‘हामीले राजस्व चुहावट नियन्त्रणका लागि सुरक्षागस्ती बढाउने, घरायासी प्रयोजनका लागि भारतीय बजारमा जाने संस्कारलाई निरुत्साहित गर्ने काम अगाडि बढाउने, सीमापारीबाट भन्सार नगरी ल्याएको समान खरिद गर्ने प्रचलनलाई रोक्नुपर्दछ।’

उद्योग व्यापार सङ्गठन, रूपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले सीमा क्षेत्रका व्यापारी सीमा क्षेत्रको चोरी तस्करीका कारण मारमा परेको बताए। रूपन्देही जिल्लाको उद्योगी व्यवसायीको क्रियाशील सक्रिय रहेको उद्योग व्यापार सङ्गठनमा जिल्लाका करिब पाँच हजार व्यवसायी दर्ता रहेका छन्। कार्यक्रममा सङ्गठनको स्तरवृद्धिमा अतुलनीय योगदान पुर्‍याएका छ जनालाई सम्मान गरिएको थियो।

आइतबार, असोज ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

भर्खरै

  • १.
    कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

  • २.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ३.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ४.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ५.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ६.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ७.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ८.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.