काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
Advertisement
शुक्रबार प्रतितोला ९४ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा एक हजार रुपैयाँले घटेर ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज तेजाबी सुनको मूल्य ९२ हजार ६ सय रुपैयाँ कायम रहेको छ । यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ ।
आइतबार चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला एक हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।