काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान १०३ वर्षको उमेरमा निधन भएको हो ।
Advertisement
अस्पतालका निर्देशक डा. सुरज बज्राचार्यले जोशीको निधन भएको पुष्टि गरेका हुन् । जोशी ७ असोजमा किष्टमा भर्ना भएका थिए ।
जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । पछिल्लो समय उनमा डेंगु पुष्टि भएको थियो ।