ताम्कु (संखुवासभा)- संखुवासभाको सिलिचोङवासी वर्षामा भत्किएको सडक मर्मतमा जुटेका छन्।
Advertisement
गाउँपालिकाका अध्यक्ष भुपालराज मेवाहाङकाे आव्हानमा पालिकाका बासिन्दाले श्रमदानमार्फत सडक मर्मत थालेका हुन्।
उनीहरूलाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भद्रबहादुर कुलुङ, कर्मचारी, नेपाली सेना, नेपाल प्रहरीले पनि साथ दिए।
शनिबार पहिलो दिन उनीहरूले ताम्कु-बुधबारे सडक खण्डअन्तर्गत काेल्वा मुनिसम्म सडक मर्मत गरे । त्यसभन्दा मुनि पनि सडक भत्किएकाेले अर्काे मिति तय गरी श्रमदानमा जुट्ने निर्णय गाउँपालिकावासीले गरेका छन्। पालिकाभरिका सडक मर्मत नसकिएसम्म श्रमदान जारी रहने उनीहरूले जनाएका छन्।