काठमाडौँ । जिल्ला प्रहरी कार्यालय उदयपुरले सात वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका युवकलाई पक्राउ गरेको छ ।
Advertisement
उदयपुरको चौदण्डीगढी नगरपालिका ९ ज्यामिरे बस्ने २० वर्षीय दर्पण पञ्जियार (थारु)लाई प्रहरीले पक्राउ गरेको हो ।
गत आइतबार बलात्कार गरी फरार भएका उनलाई इलाका प्रहरी कार्यालय बेल्टारको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा डीएसपी राकेशकुमार पोदारले जानकारी दिए ।
आरोपित थारुलाई इलाका प्रहरी कार्यालय बेल्टारले थप अनुसन्धान थालेको जनाएको छ ।