काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता भीम रावलले आफूलाई हराउन नसक्ने अवस्था भएपछि टिकट खाेसिएकाे बताएका छन।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले टिकट नदिने कदम स्वेच्छाचारी र अन्यायपूर्ण भएको बताएका हुन्।
उनले भने, ‘मलाई टिकट नदिएको विषयमा होइन एमालेभित्र नीति र विधि उल्लंघन भएकोमा प्रश्न उठाएको हुँ। एमालेमा योगदान नगरेका व्यक्तिलाई टिकट दिनु स्वेच्छाचारी र अन्यायपूर्ण छ।’
‘अछाममा मैले चुनाव जित्ने वा हार्ने सोधखोज गर्दा हराउन नसकिने निष्कर्षपछि मेरो उम्मेदवारी रोकिएको सुनियो,’ उनले भने।
‘होलीवाइनका प्रवर्द्धकलाई समानुपातिक टिकट दिने, एमालेका कार्यकर्तालाई बर्बरतापूर्वक दमन गर्नेलाई मकवानपुर टिकट दिने र संविधान दिवसलाई कालो दिवस मनाउनेसँग साँठगाँठ गर्ने कुन सिद्धान्तमा पर्छ?’, उनले भने।
अछाम १ मा रावल सर्वसम्मत सिफारिस भएका थिए। उनको स्थानमा एमालेले माओवादी छोडेर भर्खरै आएका झपट बोहोरालाई उम्मेदवार बनाएको छ।