धनुषा । सहिदनगर नगरपालिका १ चिरैया बस्ने ६० वर्षीया अजोधी सहनीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
Advertisement
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५० वर्षीय श्याम सुन्दर सहनी रहेका छन् । उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरूबीच लेनदेनको विषयमा सोमबार राति विवाद हुँदा श्यामले चक्कु प्रहार गर्दा अजोधी गम्भीर घाइते भएका थिए ।
अजोधीको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा गएराति मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट खरियानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।