• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

२४ घण्टामा विपद्काे कारण १६ को मृत्यु, १७ बेपत्ता


मङ्गलबार, असोज २५, २०७९ मा प्रकाशित

काठमाडाैं : पछिल्लो २४ घण्टामा पहिराका कारण विभिन्न जिल्लामा १६ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

Advertisement

प्राधिकरणले आज एक बुलेटिन सार्वजनिक गर्दै सोमबारदेखि आजसम्मको २४ घण्टाको समयमा कालिकोट, मुगु, हुम्ला र बाजुरामा गरी १६ को मृत्यु हुनुका साथै १७ बेपत्ता भएको उल्लेख गरेको छ।

दाङ र जुम्लामा अविरल वर्षाका कारण एक जनाको मृत्यु र एक घाइते भएका छन्। आगलागीबाट भक्तपुरमा एक घाइते भएका प्राधिकरणले जनाएको छ। पछिल्लो समयमा रामेछाप जिलाको मन्थली विमानस्थलमा सबैभन्दा बढी (४० दशमलव चार मिमि) पानी परेको जनाइएको छ। वैशाखयता दुई हजार दुई विपद्जन्य घटनामा २७६ को मृत्यु र ३३ बेपत्ता भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ। यसपालि पहिरोका कारण बढी मानिसले ज्यान गुमाएका छन्।

विपद्मा सेनाको उद्धार कार्य

विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरोले जनजीवन प्रभावित इलाकामा नेपाली सेनाको जनशक्ति तथा स्रोत साधन प्रयोग गरी विभिन्न व्यक्तिको उद्धार गरिएको छ।

नेपाली सेनाले बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका¬२० राँझा, गायत्री टोल आसपासका क्षेत्र डुबानमा परी घरभित्र फसेका करिब ८२ घरधुरीका स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा लान सफल भएको जनाएको छ।

नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सोही क्षेत्रको डुडुवा गाँउपालिका¬१ खडैचा, चौफेरी गाउँका डुबान प्रभावित स्थानीय बासिन्दालाई पनि सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

त्यहाँको राप्ती नदी र डुडुवा खोलाको पानी पसेर डुबानबाट प्रभावित स्थानीयवासीको उद्धारका साथै खाना र पानीको व्यवस्थापन गरिएको सेनाले जनाएको छ।

यस्तै बर्दिया जिल्लाको गुलरिया नगरपालिका–८, थपुवा इलाका बबई नदीमा आएको बाढीले कटान गरी जोखिममा परेको करिब ५० मिटर बाँध बोरामा माटो भरेर बाँध बनाइएको आज सेनाले एक सूचना जारी गरी जनाएको छ।

उता कैलाली जिल्लाको भजनी नगरपालिका–३ पक्रेडाँडाको डुबान प्रभावित इलाकामा स्थानीयवासीको उद्धार गर्नुका साथै राहत सामग्रीसमेत वितरण गरिएको जनाइएको छ।

यस्तै कैलालीको डुबान प्रभावित इलाकामा स्थानीय तथा तिनका अत्यावश्यक सामग्रीहरु सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै बाढीका कारण हुलाकी राजमार्गमा आवतजावत गर्न समस्यामा परेका यात्रीहरूलाई सकुशल उद्धार गरिएको छ।

जुम्ला जिल्लामा पहिरोमा परी घाइते भएकी एक महिला र एक पुरुष तथा कालीकोटका दुई पुरुषलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत ल्याइएको सेनाले जानकारी दिएको छ।

मङ्गलबार, असोज २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.