काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा भारी गिरावट भएको हो ।
Advertisement
योसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ । तेजाबी सुन भने प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
दसैं बिदापछि आइतबार तीन हजार रुपैयाँ प्रतितोलाले मूल्य बढेको थियो । त्यसयताका दुई दिन मूल्य घटेको हो ।
यस्तै, चाँदीको मूल्यमा आज प्रतितोला १५ रुपैयाँले घटेको छ । हिजो सोमबार प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।