हुम्ला : हुम्लामा गएकाे पहिराेमा परि चार जनाकाे मृत्यु भएकाे छ। चंखेली गाउँपालिका–६ मा पहिरोले घर भत्किँदा चार जनाको मृत्यु भएको हाे।
Advertisement
मेल्डाम डुमबाडा बस्ने मनबिर विकको घर माथिबाट आएको पहिरोले घर भत्काउँदा घरमा भएका ९ जनाको परिवारमध्ये चार जनाको मृत्यु भएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार बेलुका ७ बजेतिर आएको पहिरोमा बिकको घर भत्किएको हो।
मृत्यु हुनेमा ६० वर्षीया तुलसा कामी, ७ वर्षीया बालिका बसन्ता कामी, ९ वर्षीया बालिका सुस्मिता कामी र १२ वर्षीया बालिका हैजाली कामी छन्।
सोही घरमा रहेका ३८ वर्षीय देउच्म कामी, ३६ वर्षीया औगाती कामी, १२ वर्षीया निरुता कामी, १४ वर्षीया मनिका कामी र ३ वर्षीय तपेन्द्र कामी घाइते भएका छन्।
३६ वर्षीया औगती कामीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा ७ जना प्रहरी खटिएका छन्।