• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

सहकार्यको संस्कृतिका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराऔँ : डा देउवा


आइतबार, असोज २३, २०७९ मा प्रकाशित

डडेल्धुरा : नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले वर्तमान सत्ता साझेदार दलहरूको गठबन्धनले चयन गरेका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेकी छिन।

Advertisement

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको वारेसनामामार्फत डडेल्धुरामा आज उgको उम्मेदवारी दर्ता गराएपछि दिएकाे संक्षिप्त प्रतिक्रियाका क्रममा डा देउवाले सो आग्रह गरेकी हुन।

कांग्रेस नेत्री डा देउवाले नेपालको वर्तमान संविधानको भावना पनि सबैको सहमति र सहकार्यबाट सरकार सञ्चालन गर्ने रहेको भन्दै संविधानको यही भावनाअनुसार नै वर्तमान सरकार निर्माण भएको र भोलिका दिनमा पनि मिलेर नै सरकार सञ्चालन गर्नुपर्ने अवस्था हुनसक्ने भएकाले गठबन्धन दलमा आबद्ध सबै दलका कार्यकर्ताहरूलाई गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरिन।

उनले नेपाली कांग्रेसले अहिलेको गठबन्धनको टिमलाई लिएर नै आगामी निर्वाचनपछि पनि अघि बढ्ने प्रण गरिसकेकाले यही टिमको भावनालाई बुझेर सबैले गठबन्धनलाई जिताउनुपर्ने बताइन।

नेत्री डा राणाले मुलुकमा लोकतन्त्रपछि प्राप्त उपलब्धिको रक्षा गर्न, संविधानको रक्षा गर्न तथा नागरिक स्वतन्त्रताको संरक्षणका लागि वर्तमान सत्ता साझेदार गठबन्धनका उम्मेदवारहरूले विजय हासिल गर्नुपर्ने धारणा राखिन।

यो सरकार निर्माण भएको छोटो समयमै विकास निर्माणका साथै अरु धेरै काम भएका डा देउवाले बताइन। उनले भनिन, ‘वर्तमान देउवा सरकार निर्माण हुने समयमा देश कोरोना महामारीको बीचमा थियो, नागरिकले पर्याप्त मात्रामा खोप पाउन सकेका थिएनन् । प्रधानमन्त्रीजीले कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राख्नुभयो र विदेशी दाताहरूसँग अनुरोध गर्नुका साथै खोप खरिद गरेर समेत ल्याइ देशमा खोप उपलब्ध गराउनुभयो।’

यो सरकार निर्माण भएपछि धेरै पहिलेदेखि रोकिएर रहेका ठूला परियोजनादेखि लिएर विकास निर्माणका काम पनि छोटो समयमै अघि बढेका डा राणाको भनाइ थियो।

उनले भनिन, ‘यो सरकार बनेको धेरै भएको छैन, डेढ वर्ष पनि पुगेको छैन । यही बीचमा विकास निर्माणका धेरै काम भएका छन् । धेरै पहिलादेखि रोकिएर रहेका परियोजना अघि बढेका छन् । जस्तो कि पश्चिम सेती परियोजनाको काम अघि बढिसकेको छ । वित्तीय बजार धेरै मात्रामा खुला भएको छ । मुलुकको अर्थतन्त्र अहिले चलायमान भएको छ । यसको प्रभाव आगामी दिनमा प्रत्यक्षरूपमा देख्न सकिन्छ।’

कांग्रेस नेत्री डा राणाले वर्तमान गठबन्धन सरकार नेपाल पहिलो भन्ने मूल मर्म र नाराका साथ अघि बढेको र भारत, चीनलगायत विभिन्न देशसँग राम्रो सम्बन्ध विस्तार गरी नेपालको कूटनीतिक सम्बन्धलाई मजबुद बनाउँदै थप उचाइ प्रदान गरेको भन्दै आगामी निर्वाचनमा जित हासिल गरेर पनि यही सहमति र सहकार्यको संस्कारअनुसार अघि बढाउने प्रण कांग्रेसले गरेको उनले बताइन।

विसं २०४८ यताका सबै निर्वाचनमा डडेल्धुराबाटै विजयी हुनुभएका देउवा आसन्न निर्वाचनमा पनि डडेल्धुराका जनताको साथ, समर्थन र मायाले आफ्नो इतिहासलाई निरन्तरता दिने उनकाे भनाइ थियो। प्रधानमन्त्री देउवाले डडेल्धुरा मात्र नभएर सिङ्गो सुदूरपश्चिम तथा देशकै विकासमा आफ्नो जीवनकाल खर्चिएकाे चर्चा गरिन।

उनले भूगोलमा मात्र नभएर विकासमा नै पछि परेको सिङ्गो सुदूरपश्चिम क्षेत्रको सामाजिक, आर्थिकलगायत समग्र उन्नयनमा नेपाली कांग्रेसको एक प्रतिनिधिका रूपमा शेरबहादुर देउवाले आफ्नो राजनीतिक जीवनमा उल्लेखनीय योगदान पुर्‍याएकाे चर्चा गर्दै यहाँका जनताले आगामी निर्वाचनमा पनि प्रधानमन्त्री देउवालाई पहिलेजस्तै न्याय गर्नेमा आफू ढुक्क रहेको धारणा राखिन। त्यस क्रममा डा देउवाले मुलुकको सुदूरपश्चिम क्षेत्रको सामाजिक, आर्थिक विकास, महिला स्वास्थ्य, महिला सशक्तीकरणलगायतका क्षेत्रमा आफूले विगत लामो समयदेखि गरेका कार्यहरूको पनि स्मरण गरेकी थिइन।

आइतबार, असोज २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
टिपरको ठक्करबाट मृत्यु
मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

भर्खरै

  • १.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ४.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ५.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ६.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८.
    टिपरको ठक्करबाट मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.