खाँदबारी– कांग्रेस संखुवासभा सभापति तथा प्रतिनिधिसभा उम्मेदवार दीपक खड्काले एकताबद्ध र निर्धक्क भएर चुनाव प्रचारमा लाग्न पार्टी नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्।
Advertisement
मनोनयन दर्ता गर्न जिल्ला निर्वाचन कार्यालय जानुअघि पार्टी जिल्ला कार्यालयमा नेता(कार्यकर्तालाई सम्बोधन गर्दै खड्का प्रतिपक्षीले चलाउने कुनै हल्लाको पछि नलाग्न आग्रह गरे।
पार्टीप्रति निष्ठावान कार्यकर्ता र समर्थकले रुख चिह्न छाडेर अर्कोलाई मत दिनै नसक्ने उनले प्रष्ट्याए। र, गठबन्धनका सहयात्री दलहरू तथा पार्टीकै शीर्ष नेताहरूबारे कुन टीका टिप्पणी नगर्न तथा सबैप्रति सहिष्णु भएर प्रस्तुत हुन उनले निर्देशन दिए।