काठमाडौं- रुघाखोकी र ज्वरोसहित जिउ दुख्ने लक्षण देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई कम्तीमा तीन दिन ‘अब्जर्भेसन’मा राखिने भएको छ।
Advertisement
अस्पतालका अनुसार डेंगुसँग मिल्दोजुल्दो लक्षण देखिएपछि यसको पूर्ण निराकरणका लागि कम्तीमा तीन दिन ‘अब्जर्भेसन’मा राख्नुपर्ने भएको हो।
उनलाई अहिले अस्पतालको भिभिआइपी क्याबिनमा राखिएको छ । शुक्रबारदेखि उनको स्वास्थ्यमा समस्या देखिएको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।
उनको रगत परीक्षणका लागि पठाइए पनि विस्तृत रिपोर्ट आइनसकेको पनि अस्पतालले जनाएको छ।