काठमाडौं- महाराष्ट्रको नासिकमा शनिबार बिहान एउटा भयानक दुर्घटना भएको छ ।
Advertisement
बस र आइशर ट्रक एक आपसमा ठोक्किँदा अगाडिको भागमा आगो लागेको छ । दुर्घटना भएको २० मिनेटमै बसमा आगो लागेको थियो।
दुर्घटनामा बसमा सवार ११ जना जिउँदै जलेका छन्। यसबाहेक ३८ यात्रु घाइते भएका छन् । बस यवतमालबाट मुम्बई जाँदै थियो। दुर्घटना बिहान ४ः३० बजे भएको थियो। अधिकांश यात्रुले बसबाट हाम फालेर ज्यान जोगाएका थिए ।
दुर्घटना नासिक–औरंगाबाद मार्गमा नन्दुरनाका नजिक भएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीले दुर्घटना भएको पुष्टि गरेको छ । प्रहरीका अनुसार १० जनाको मृत्यु भएको छ । यस घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।