काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ११ जना कोरोना संक्रमित थपिएका छन् ।
Advertisement
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७३८ जनाको परिक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा ६८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि निधन भएको छैनन् ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६२८ पुगेको छ ।