काठमाडाैं : विवेकशील साझा पार्टीका कार्यसम्पादन समिति सदस्य तथा पूर्वप्रवक्ता शरदराज पाठकले पदबाट राजीनामा दिएका छन्।
Advertisement
उनले सोमबार पार्टी अध्यक्षसमक्ष सदस्य समेत नरहने गरी राजीनामा पत्र बुझाएका हुन्।
‘विवेकशील साझाबाट अलग भएतापनि विगत ५ वर्षमा हामीले प्रमुखताका साथ उठाएका अर्थ राजनीतिक तथा राजनीतिक सामाजिक एजेण्डा प्रवर्द्धन र स्थापित गर्न म आगामी दिनमा पनि सक्रिय राजनीतिक मैदानमै रहने कुरा यस पार्टीका सम्पूर्ण आदरणीय सहकर्मी, पूर्व सहकर्मी एवम् मेरा शुभेच्छुक/शुभचिन्तकहरूलाई जानकारी गराउँछु,’ उनले भनेका छन्।
पार्टीबाट अलग भएपनि आफू राजनीतिक मैदानमै रहने उनले जानकारी दिए।
विवेकशील साझा पार्टीबाट २०७४ को प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट उम्मेदवार रहेका थिए।